दफा १६
स्थानीय प्रशासन अध्यादेश २०२८ निष्क्रिय भएपछि त्यसको परिणाम
स्थानीय प्रशासन अध्यादेश, २०२८ निष्क्रिय भएपछि अर्का अभिप्राय नदेखिएमा सो निष्क्रियताले :
(क) निष्क्रिय हुँदाको बखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरा पनि जगाउने छैन,
(ख) सो अध्यादेश बमोजिम चालू भएको कुरा वा सो बमोजिम रीत पु¥याई अघि नै गरिएको कुनै काम वा भोगीसकेको कुनै सजायलाई असर पार्ने छैन ।
(ग) सो अध्यादेश बमोजिम पाएका, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्ने छैन,
(घ) सो अध्यादेश विरूद्ध गरेको कुनै अपराधमा गरिएको कुनै दण्ड सजाय वा जफतलाई असर पार्ने छैन, र
(ङ) माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व, दण्ड सजाय वा जफत सम्बन्धमा भएको कुनै कानूनी कारवाही वा उपायमा असर पार्ने छैन र उक्त अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानूनी कारवाही वा उपायलाई शुरू गर्न, जारी राख्न वा लागू गर्न सकिनेछ र त्यस्तो दण्ड सजाय पनि गर्न सकिनेछ ।